बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार १२ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नपा-११ का १८ वर्षीय वास्तगिर आलमलाई असार १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।

त्यसैगरी ६ वर्षीया बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला शिवराज नपा-१२ स्थायी घर्रभई बुटवल उमनपा-२ मा डेरागरी बस्ने २४ वर्षीय प्रवेज मुसलमानलाई असार ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालकलाई चकलेट दिने प्रलोभन देखाएर असार ११ गते अप्राकृतिक मैथुन गरेको भनी पीडित बालककी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालककी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका सई बाबुराम पुरीले बताए । पीडित बालकको स्वास्थ्य परीक्षण असार ११ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।


रीमा बि.सी.