बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार ११ गते

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ११ गते गिरफ्तार गरेको छ । अर्का आरोपित १५ वर्षीय बालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टले दिएको जानकारी अनुसार असार १० गते पीडित बालिकालाई आरोपितद्वयले बलात्कार गरेको प्रहरीमा असार ११ गते उजुरी आएपछि आरोपितमध्येका एक जनालाई गिरफ्तार गरिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ११ गते वर्दिवास अस्पतालमा गरिएको छ ।


अजयकुमार साह