बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज १२ गते

 ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस–६ का ४३ वर्षीय विज्ञान राईलाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्त्रानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नवकिशोर प्रधानले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ११  जिल्ला अस्पताल खोटाङमा गरिएको पनि इन्स्पेक्टर प्रधानले बताए ।


सुनिता मगर