बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार ५ गते

११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बावुलाई असार ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा असार ३ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बिकले बताए ।


मिना बुढाथोकी