बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार ४ गते

नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाका आफन्तले उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरीका कार्यालयकी इन्स्पेक्टर कमला नरालले जानकारी दिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते जिल्ला अस्पातालमा गरिएको छ ।


हरिराम उप्रेती