बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ जेठ २८ गते

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१० का ४२ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बिजुवारमा जेठ २६ गते उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा जेठ २७ गते गरिएको छ ।


रविन्द्र पाण्डे