बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज १० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले ३५ वर्षीय बावुलाई असोज ९ गते गिरफ्तार गरेको जनाएको छ ।

पीडित बालिकालाई आरोपितले असोज ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा असोज ९ गते उजुरी दिएपछि आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्म भण्डारीले जानकारी दिए ।

पीडित बालिकाकाको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा असोज ९ गते गरिएको प्रहरीले जनाएको छ ।


रीमा बिसी