बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज ८ गते

एक २७ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय कैलालीले दार्चुला जिल्लाको काटै गाविस-१ घर भई अञ्चल प्रहरी कार्यलय कैलालीमा कार्यरत ३५ वर्षीय प्रहरी परिचर गौरवसिंह फराल असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ६ गते धनगढी उमनपा-८ क्याम्पसरोडस्थित सडक छेउमा बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले आरोपितलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

पीडित शारीरिक रूपमा अशक्त र बोल्न नसक्ने भएकाले उनको व्यक्तिगत विवरण र ठेगाना पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यलय कैलालीका इन्स्पेक्टर चन्द्र थापाले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पतालमा असोज ७ गते गरिएको प्रहरीले जनाएको छ ।


सुमित्रा भट्टराई