बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर गाविस-९ रातामाटाका १८ वर्षीय विपाली विकलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित विकले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा साउन ३० गते गरिएको प्रहरीले जनाएको छ ।


जे.एन.सागर