बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ वैशाख २८ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला तुल्सीपुर उमनपा-१ का २५ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा वैशाख २६ गते उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा वैशाख २६ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बिकले बताए ।

घटनापछि फरार आरोपितलाई सल्यानको शान्तिनगरबाट गिरफ्तार गरिएको डिएसपी बिकले जानकारी दिए ।


मिना बुढाथोकी