बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ वैशाख २१ गते

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लामावगर गाउँपालिका-३ बुलुङका ३१ वर्षीय कर्णबहादुर भुजेल र सोही ठाउँका १९ वर्षीय नातेदारलाई वैशाख २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले ०७४ पुस १७ गते र २० गते बलात्कार गरेको भनी पीडितले ०७५ वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

बलात्कारबाट बालिकाको महिनावारी रोकिएपछि परिवारले सोधीखोजी गर्दा बालिकाले घटनाबारे जानकारी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा वैशाख २१ गते भएको छ ।


उद्धव पोखरेल