बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज ८ गते

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१२ शितलादेविका ६२ वर्षीय वीरबहादुर विकलाइ असोज ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले असोज ६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा मौखिक उजुरी दिएकी थिइन् ।

सो उजुरीका आधारमा जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयमार्फत  जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेशबहादुर बमले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


विष्णुप्रसाद अधिकारी