बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ वैशाख १७ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-७ का ६७ वर्षीय धनबहादुर पुनलाई वैशाख १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले घर नजिकै एक्लै भएको मौका पारेर बलात्कार गरेको अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरले जानकारी दिइन् ।

पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख १५ गते नै बेनी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर लोकबहादुर गुरूङले बताए ।


अमृत बास्कुने