बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ वैशाख ६ गते

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नपा-७ का ४२ वर्षीय बुद्धिबहादुर परियारलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ६ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी पदमबहादुर बिष्टले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ परिक्षण वैशाख ५ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको पनि डिएसपी विष्टले बताए ।


दलबहादर मजाकोटी