बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ चैत २६ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-७ स्थित सिपापोखरेका ३१ वर्षीय ध्रुव भन्ने दुर्गाबहादुर रोक्कालाई चैत २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २० गते भिमटार प्रहरी चौकीमा मौखिक उजुरी दिएको थियो ।

घटना पछि आरोपित भागेर काभ्रे जिल्लाको जिरोकिलोमा लुकी बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले बताए ।

पीडित पक्षले चैत २६ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा चैत २६ गते गरिएको छ ।


नातिबावु धिताल