बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज ६ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर त्रियुगा नपा-१ स्थायी घर भई हाल दिक्तेल नपा-१ मा बस्ने २२ वर्षीय महेश शाहीलाई असोज ६ गते गिरफ्तार खानीडाँडा एयरपोर्ट नजिकैबाट गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले असोज ५ गते विशुगणा खानीडाँडा प्रहरी चौकीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई अनुसन्धान गर्न गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज राईले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा भएको पनि इन्स्पेक्टर राईले बताए ।


सुनिता मगर