बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ चैत १८ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बेलवारी नपा-९ का ७२ वर्षीय फुदन ऋषिदेव र बेलवारी नपा-५ का ४१ वर्षीय टेकबहादुर लिम्बूलाई चैत १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामजी कटुवालले बताए ।

१३ वर्षीया नै अर्की पीडित बालिकालाई अर्का आरोपित लिम्बूले पटकपटक बलात्कार गर्दै आएको उजुरीका आधारमा गिरफ्तार गरिएको इन्स्पेक्टर कटुवालले बताए ।

पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण चैत १६ गते कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको छ ।


इन्सेक कार्यालय, विराटनगर