बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ चैत १८ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १७ गते महाकाली नपा-४ का २८ वर्षीय ललित पन्तलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई चैत १७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते जिल्ला अस्पताल दार्चुलामा गरिएको छ ।


नरेन्द्रसिंह कार्की