बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ चैत १४ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बहुदरामाई नपा-५ गम्हरीयाका २३ वर्षीय मणीभूषण पाण्डेलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १४ गते बलात्कार गरेको र सो समयमा बालिका चिच्याएपछि स्थानीयले घर घेरा हालेर बसेकाले आरोपितलाई प्रहरीले गिरफ्तार गर्न सकेको स्थानीयले बताएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा चैत १४ गते गरिएको छ ।


केसी लामिछाने