बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज ६ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा खिदिम गाविस-४ का १७ वर्षीय मधु कुमाललाई प्रहरीले असोज ५ गते उनकै घरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा बालिकाका अभिभावकले प्रहरीमा असोज ५ गते उजुरी दिएका थिए ।

उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ५ गते युनाइटेड मिसन हस्पिटल पाल्पामा गरिएको र हाल उनको उपचार भइरहेकोसमेत प्रहरीले जनाएको छ ।


नारायण भुसाल