बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज ४ गते

१७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभाको जलजला गाविस-३  स्थायी घर भई भोजपुर नपा-७ बस्ने ३३ वर्षीय गुणराज श्रेष्ठलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ३ गते बलत्कार गरेको आरोपमा असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएकी थिइन् ।

उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर राधाप्रसाद पराजुली बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


किरण राई