बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ माघ २२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका-२ का ४० वर्षीय सवबहादुर विकलाई माघ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ असोज २० गते फकाएर विवाह गरिदिन्छु भनी बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर टिकाबहादुर कार्कीले बताए । पीडित बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।


शिवप्रसाद ढुङ्गाना