बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ माघ १७ गते

एक महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ताप्लेजुङबाट १ वर्ष कैदको फैसला सुनाइएका फक्ताङलुङ गाउँपालिका-४ का २६ वर्षीय सविन मावोहाङ लिम्बुलाई माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

लिम्बुलाई माघ १७ गते कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । २०७० सालमा जिल्ला अदालतबाट बलात्कार अभियोगमा फैसला सुनाइएका लिम्बु 'फरार' रहेका थिए ।


देवराज गुरुङ