बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ माघ १५ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-६ होम्ताङका १८ वर्षीय कृष्ण राईलाई माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले राखेको यौन प्रस्ताव नमानेपछि माघ १४ गते बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित पक्षले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दीपेन्द्रकुमार थारु पञ्जियारले  बताए ।


किरण राई