बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ माघ ७ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका फरार आरोपित दुल्लू नपा-१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार पश्चात प्रहरीले दैलेख जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितलाई अदालतले पुर्पक्षका लागि माघ ७ गते नै कारागार चलान गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७४ असोज १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि आरोपित फरार रहेका थिए ।

प्रहरीले चार महिनापछि गिरफ्तार गरी अदालतमा पेश गरेकै दिन भएको थुनछेक बहसमा प्रस्तुत भएका प्रमाणका आधारमा जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।

घटना लगतै दैलेख जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि यौन सम्वन्ध भएको पुष्टी भएको जनाइएको छ ।


अमर सुनार