बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ मङ्सिर २५ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-२ का ७० वर्षीय सुकुबहादुर तामाङलाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७४ जेठदेखि भदौ २९ गतेसम्म पीडितलाई पटकपटक बलात्कार गर्दै आएको र बलात्कार विरूद्ध कतै उजुरी गरे वा अरु कसैलाई भनेमा गोली हानेर मारिदिने धम्की दिँदै बन्दुक देखाएकोले घटना सार्वजनिक हुन ढिलाई भएको बताइएको छ ।

बलात्कारविरूद्ध असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा गाउँ बाल संरक्षण समितिका संयोजकको सहयोगमा उजुरी गरेको पीडितले बताइन् ।

आरोपित फरार भएकाले तत्काल गिरफ्तार गर्न नसकेको जिल्ला प्रहरी कार्यालयस्थित महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज राजकुमार थापाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २७ गते चौतारा अस्पतालमा गरिएको थियो ।


नातिबावु धिताल