बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ कात्तिक ८ गते

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते राति नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरी थप उपचारसमेत सोही अस्पतालमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.