बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २८ गते

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सप्तरी जिल्ला बसवलपुर गाविस-७ घर भई हाल गोलबजार नपा-६ बस्ने ४२ वर्षीय गङ्गा पासवानलाई भदौ २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले भदौ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा दिएको उजुरीमा आरोपितले भदौ २५ गते बलात्कार गरेको आरोप छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्र उपाध्यायका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २६ गते गरिएको प्रहरीले जनाएको छ ।


दुर्गा परियार