बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ असोज २३ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नपा-११ का ३५ वर्षीय बिदुर गिरीलाई असोज २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले असार १५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि असोज ३ गते उपचारका लागि चौतारा अस्पतालमा लगिएकोमा स्वास्थ्य परीक्षण हुँदा बलात्कार भएको खुल्न आएको पीडित पक्षले जनाएको छ ।

चिकित्सकले बलात्कार भएको प्रमाणित गरेपछि पीडितले घटना खुलासा गरेको आधारमा उजुरी दर्ता गराएको पीडित बालिकाकी आमाको भनाई छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


नातिबावु धिताल