बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २८ गते

३३ वर्षीया महिलालाई भदौ १८ गते बलात्कार गरेको आरोपमा भरतपुर उमनपा-४ का ४७ वर्षीय भगवान यादवलाई जिल्ला प्रहरी कार्यालय चितवनले भदौ २७ गते गिरफ्तार गरेको छ ।

पीडितले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित यादवलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी बसन्त कुँवरले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ २७ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दिपेन्द्र अधिकारी