बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ भदौ १९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दशरथचन्द नगरपालिका-४ बवेतका २१ वर्षीय लक्ष्मण वड र सोही ठाँउका २१ वर्षीय रोसनराम वडलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले भदौ १५ गते सामूहिक बलात्कार गरेको आरोपका पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १६ गते जिल्ला अस्पताल बैतडीमा गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर सुरेन्द्र वमले बताए ।


नरी बडु