बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन ३२ गते

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका-४ गोठलापानीका ४० वर्षीय केशव बोगटीलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १७ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।


नरी बडु