बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन २१ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका-३ शङ्कर सरैया सखुवनीयाका ३५ वर्षीय दायानन्द राउत थारुलाई साउन २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २१ गते शङ्कर सरैयास्थित प्रहरी चौकीमा उजुरी दिएको थियो ।

उजुरीको आधारमा अनुसन्धानका लागि आरोपितलाई इलाका प्रहरी कार्यालय पटेर्वाका इन्स्पेक्टर महेश बस्नेतले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २१ गते नारायणी उपक्षेत्रीय अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


केसी लामिछाने