बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत २५ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई चैत २४ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत १५, १७ र २० गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा चैत २४ गते गरिएको छ ।


भोलानाथ पौडेल