बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत २० गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–४ का २३ वर्षीय सद्दाम हुसेनलाई चैत १७ गते घरबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर चैत ७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा कारबाही अगाडि बढेको डिएसपी सत्यनारायण थापाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ  ।


रीमा बिसी