बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत १७ गते

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय देवरलाई चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत १४ गते सुतिरहेको अवस्थामा बलात्कार गरेको भन्दै पीडितपक्षले  चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयो ।

पीडितपक्षको मौखिक उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।


टोपलाल अर्याल