बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन १७ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध फागुन १५ गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताउनुभयो ।

केही दिनसम्म सम्पर्कविहिन रहेकी बालिकाको खोजतलास गर्दा पीडितलाई आरोपितको घरमा प्रहरीले फेला पारेपछि घटना बाहिर आएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई फागुन १६ गते गिरफ्तार गरी आरोपितविरुद्ध जिल्ला अदालतमा जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको एसपी गुरुङले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते गोरखा अस्पतालमा भयो ।


हरिराम उप्रेती