बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ११ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–१ का ३१ वर्षीय बोमवबहादुर दरैलाई फागुन १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ८ गते दमौली अस्पतालमा भएको छ ।


प्रकाशचन्द्र भट्टराई