बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन १० गते

१० वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डौस्थित भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक ४२ वर्षीय देवीलाल भट्टलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

फागुन ८ गते बालिकालाई बलात्कार गरेको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि इन्स्पेक्टर राजेन्द्र चन्दको नेतृत्वमा गएको प्रहरी टोलीले आरोपितलाई फागुन ९ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी महेन्द्र नेपालले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते डडेल्धुरा अस्पतालमा गरिएको छ ।


भूपेन्द्र विष्ट