बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ९ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नातेदार ३८ वर्षीय पुरुषलाई फागुन ७ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले फागुन ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


रीमा बिसी