बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ६ गते

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आरोपितलाई फागुन ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर प्रसाद चौधरीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो ।


अमृतप्रसाद पौडेल