बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ५ गते

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–५ का ३५ वर्षीय अजय भनिने ज्यामिरे अलीलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २७ गते बलात्कार गरेको भन्दै पीडितले  फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते  भीम अस्पताल, भैरहवामा गरिएको छ ।


रीमा बिसी