बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ३ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा चापाकोट गाउँपालिका–२ का ५२ वर्षीय नामदेव कुमाललाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १ गते बाख्रा चराउन गएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।

सोही उजुरीका आधारमा आरोपितलाई सोही राति गिरफ्तार गरेको र पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय स्याङ्जामा फागुन २ गते लिखित दिएको उहाँले बताउनुभयो ।

प्रहरीले आरोपितविरुद्ध फागुन २ गते जिल्ला अदालत स्याङ्जामा जबरजस्ती करणी शीर्षक अन्तरगत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण र उपचार फागुन २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा गरिएको छ ।


तिलकुमारी थापा