बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ३ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १२, धनेवाका ५० वर्षीय दुर्गाप्रसाद पाण्डेलाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन २ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर कपिल वाग्लेले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर वाग्लेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते पृथ्वी चन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

 


नारायण पराजुली