बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २९ गते

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ असारीका २२ वर्षीय साइमन राईलाई माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले माघ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २७ गते गरिएको छ ।


भरत खड्का