बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१४ का २६ वर्षीय सञ्जय विकलाई माघ २७ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यायलयका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।


जयनारायण पुन