बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ १९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–७ का २७ वर्षीय साहिल भनिने देउप्रसाद चौधरीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ११ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ ११ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए । घटना लगत्तै फरार आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका एसपी गणेश चन्दले  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।


जयनारायण पुन