बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ ८ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नपा–३ का ८४ वर्षीय मेघराज पाण्डेलाई माघ ६ गते गिरफ्तार गरेको छ  ।

पीडितलाई आरोपितले पुस २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस २६ गते वडा प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना पश्चात फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय, लमहीका इन्स्पेक्टर राजन पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते लमही अस्पतालमा गरिएको थियो ।


जयनारायण पुन