बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ ७ गते

सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ५ गते ईलाका प्रहरी कार्यालय, पाटनमा उजुरी दिएपछि आरोपितद्धयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

तीन महिना अघि बलात्कार गरिएकी बालिका गर्भवती भएको परिवारका सदस्यले थाहाँ पाएपछि पीडित पक्षले आरोपितकाबिरुद्ध इलाका प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी अधिकारीले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण माघ ६ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको र स्वास्थ्य चेकजाँचका क्रममा बालिका गर्भवती रहेको पुष्टि समेत भएको डिएसपी अधिकारीले बताउनु भयो ।


नरी बडु