बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७ गिम्दीका ३२ वर्षीय शङ्कर सापकोटालाई प्रहरीले माघ १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले आफूलाई आरोपितले घरमै आई प्रलोभनमा पारी, डरत्रास देखाई ०७७ पुस २९ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध सोही दिन महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिनु भएको थियो ।

आरोपितलाई माघ २ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्तका डिएसपी टेकबहादुर कार्की क्षेत्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १ गते पाटन अस्पताल जाउलाखेलमा गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताउनु भयो ।


दीपकप्रसाद घिमिरे